वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व षष्ठी - ६
२०७२ सालमा नेपालको संविधान जारी भएपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बनेको थियो । प्रदेश सरकारको २०७८ सालको निर्णय बमोजिम सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास मन्त्रालयअन्तर्गत देशको तेस्रो प्रदेश खेलकुद परिषद् गठन भएको हो । खेलकुदको विकास, खेल संस्कृतिको विकास गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा स्वायत्त परिषद्को स्थापना गरिएको हो । खेलकुद पूर्वाधार निर्माण, खेलाडीको व्यावसायिक सुरक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता र खेल क्षेत्रको सर्वाङ्गीण विकास गर्ने ।